
काठमाडौं – चर्चित हास्य कलाकार सागर लम्साल (बले) सँगको जोडीका रूपमा मोडेल तथा थिएटर कलाकार रोशनी खड्काले ‘डल्लेले इन्ट्री मार्यो’ चलचित्र मुख्य भूमिका निभाउने भएकी छिन्। सोमबार निर्माण टोलीले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।
राजु गिरीको निर्देशनमा बन्ने यो चलचित्रमा रोशनीको जोडीका रूपमा बले देखिनेछन्। मिस नेपाल २०२५ को अडिसन भिडियो क्लिप सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीको यो पहिलो प्रमुख चलचित्र भूमिका हो।
चलचित्रको कथावस्तु सामाजिक तथा हाँस्यप्रधान रहेको छ। लक्ष्मण सुवेदीले लेखेको यस चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी, रवीन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।






