‘माइतीघर’लाई ‘युनिभर्सल’ प्रमाणपत्र



काठमाडौं – दसैँको फूलपातीको छेको पारेर यही असोज १३ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’ ले चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल’ (U) प्रमाणपत्र प्राप्त गरेको छ। बुधवार साँझ सम्पन्न सेन्सर प्रक्रियापछि चलचित्रले उक्त वर्गीकरण पाएको हो। यसको अर्थ, यो चलचित्र अब सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन्।

चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्य तथा कर्मचारीहरूले यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय को विशेष प्रशंसा गरेका छन्। निर्माण पक्षका अनुसार, सेन्सरमा संलग्न धेरैजसोले लामो समयपछि एउटा उत्कृष्ट र मौलिक पारिवारिक फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका थिए।

‘माइतीघर’ को प्रदर्शनअघि नै उत्साहजनक माहौल देखिएको छ। देशभरका हलहरूमा यसको बुकिङ खुलिसकेको छ र चलचित्रले हालसम्म एक सयभन्दा बढी शो सुरक्षित गरिसकेको छ। केही ठुला हलहरूमा शोहरू थपिने क्रम जारी रहेको बुझिएको छ।

रामशरण पाठक ले लेखेको कथामा दर्शकले अपनत्व महसुस गर्ने र यसले बलियो ‘वर्ड अफ माउथ’ पाउनेमा निर्माण पक्ष विश्वस्त छ। यसमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu