
काठमाडौं – फूलपातीको दिन असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक भएको छ। चलचित्र रिलिजको पूर्व सन्ध्यामा यो रोमान्टिक गीत दर्शकमाझ ल्याइएको हो।
गायिका समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा सजिएको यो गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने वसन्त सापकोटाले सङ्गीत भरेका छन्। यसको भिडियोमा कलाकारहरू आर्यन सिग्देल, प्रकाश सपुत र वर्षा राउत फिचर्ड छन्। विक्रम स्वारको कोरियोग्राफी रहेको यो भिडियोलाई कृष्ण बहादुर थापाले क्यामेरामा कैद गरेका हुन् भने नहकुल खड्काले सम्पादन गरेका छन्।
दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रलाई एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा वसन्त सापकोटासँगै दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको छ। गीतहरूमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ। छायाङ्कन कृष्ण बहादुर थापा र सम्पादन नकुल खड्काको रहेको छ। चलचित्रले दसैँको अवसरमा दर्शकको मन जित्ने अपेक्षा राखिएको छ।
गीत:






