
काठमाडौं – आसन्न तिहारलाई लक्षित गर्दै असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जेरी अन टप’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘कुरौनी’ ले दर्शकहरूमाझ तामाङ सेलो को नयाँ र मौलिक स्वाद पस्केको छ ।
‘कुरौनी’ गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको युगल स्वर सुन्न सकिन्छ । गीतको शब्द र सङ्गीत पनि स्वयं कालीप्रसाद बाँस्कोटाकै रहेको छ । गीतमा घरजमको प्रस्तावनादेखि लिएर जागिरसम्मका विषयवस्तुलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।
कोरियोग्राफर किरण थापा ले गीतको भिडियोमा नृत्य निर्देशन गरेका छन् । भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार प्रसाद घिमिरे (माग्ने बुढा) लाई देख्न सकिन्छ ।
सुयोग गुरुङ द्वारा निर्देशित यस चलचित्रमा मुख्य कलाकारहरूका साथै भुवन केसी र उषा खड्गीको पनि अभिनय रहेको छ । चर्चित अभिनेत्री सुरक्षा पन्त ले यस चलचित्रमा विशेष भूमिका निभाएकी छिन् ।
सरोज न्यौपाने को प्रस्तुति रहेको यो चलचित्रको निर्माणमा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी ले साझेदारी गरेका छन् । अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता छन् भने नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता रहेका छन् । कथा हेमराज बिसी ले लेखेका हुन् भने पटकथा विश्वास तिम्सिना को रहेको छ ।
गीत:






