चलचित्र ‘मैझारो’को प्रेमिल गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक



काठमाडौं – चलचित्र ‘मैझारो’ले आफ्नो प्रेमिल गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक गरेको छ। निर्माण पक्षले बडादसैँको फूलपातीको विशेष दिन पारेर उक्त गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरेको हो।

गीतको भिडियोमा चलचित्रका मुख्य जोडी धिरज मगर र मिरुना मगर को मनमोहक प्रेम सम्बन्ध प्रस्तुत गरिएको छ। उनीहरू प्रेमिल भावमा निकै जमेका छन्। निर्माण टोलीका अनुसार यो गीत चलचित्रको मौलिक कथावस्तु अनुसार नै तयार पारिएको छ। गीत सार्वजनिक हुने बित्तिकै दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रिया आउन थालेको छ, जसले चलचित्रप्रतिको उत्साह अझ बढाएको छ।

हास्य कलाकारको रूपमा स्थापित विल्सन विक्रम राईको निर्देशकीय डेब्यु रहेको यो चलचित्रले आफ्नो पहिलो गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारी को स्वर सुन्न सकिन्छ भने सङ्गीत पनि गायक अनमोल गुरुङ कै रहेको छ। गीतलाई रिकेश गुरुङ ले एरेन्ज गरेका हुन्।

मौलिक प्रेम कथामा आधारित यस चलचित्रमा धिरज र मिरुनाका साथै दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यस चलचित्रका अन्य गीतहरूमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले सङ्गीत दिएका छन्। गायनमा भने राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका स्थापित कलाकारको स्वर सुन्न पाइनेछ।

‘मैझारो’ देशभर कार्तिक ७ गते देखि प्रदर्शनमा आउँदैछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu