‘अभिमन्यु : च्याप्टर १’ को गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक, प्रेम र विरहको मर्मस्पर्शी प्रस्तुति



काठमाडौं – यही असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र’अभिमन्यु : च्याप्टर १’ले विजया दशमीको पावन अवसर पारेर नयाँ गीत सार्वजनिक गरेको छ। निर्माण पक्षले रिलिज गरेको ‘मरौँ ज्यानले…’ बोलको यो गीत प्रेमिल जोडीको गहिरो भावनालाई समेटेर तयार पारिएको छ।

गीतमा सुरेश बादलको मार्मिक शब्द र सुशान्त गौतमको सङ्गीत तथा स्वर रहेको छ। गीतको भावले प्रेममा डुबेका दुई प्रेमी-प्रेमिकाको अवस्थालाई चित्रण गरेको छ, जसको जीवनमा प्रेमबिना बाँच्न पनि नसकिने तर एक अर्काको विरहले मर्न पनि नसकिने द्वन्द्वपूर्ण स्थिति छ। ‘मरौँ ज्यानले…’ ले बाहिरबाट कडा देखिए पनि भित्री मन कोमल हुने व्यक्तिको प्रेम भावनालाई उजागर गरेको छ, जसमा दुई पात्रहरू एक अर्काको मनमा कसरी गहिरो गरी बसेका छन् भन्ने सन्देश पाइन्छ। यो प्रेमिल गीतमा चलचित्रका मुख्य कलाकार कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको जीवन्त प्रेम प्रस्तुतिलाई भिडियोमा देखाइएको छ।

सुशान्त गौतम निर्देशित ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर र लक्ष्मीसँगै सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रको क्रिएटिभ निर्देशकको जिम्मेवारी मदन थापाले सम्हालेका छन् भने लेखन मुकेश खनालले गरेका हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस चलचित्रका सह–निर्माताहरूमा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माताका रूपमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। जीवन शाक्य लाइन प्रोड्युसर छन्। शरद महतोले डिओपी, मनोज श्रेष्ठले भिएफएक्स, जुनिम गहतराजले रङ्ग संयोजन र मदन घिमिरेले सम्पादनको कार्य गरेका छन्।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुँदैछ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu