‘जेरी अन टप’को ट्रेलर सार्वजनिक, सगरमाथाको चुचुरोमा प्रेम र चुनौती



काठमाडौं – तिहारको छेको पारेर असोज ३१ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जेरी अन टप’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक भव्य समारोहबीच दर्शकमाझ ल्याइएको यो ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक प्रेमकथा लाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। करिब चार मिनेट लामो ट्रेलरले फिल्मको उच्च प्राविधिक मेकिङ स्तर लाई स्पष्ट पारेको छ।

ट्रेलरले कथाको मुख्य सार खिचेको छ। कथा अनुसार, नायक जेरी (अनमोल केसी) ले आफ्नो बाल्यकालदेखि नै हरेक खेलमा आफूलाई हराउँदै आएका पितालाई चुनौती दिँदै सगरमाथा आरोहणको सङ्कल्प बोकेको देखाइएको छ। आरोहणका क्रममा जेरीले भोग्ने कठिनाइ, जोखिम र चुनौतीहरू सँगसँगै उनलाई अभिनेत्री द्वय आँचल शर्मा र जसिता गुरुङ सँगको प्रेम सम्बन्धमा आउने उतारचढाव लाई ट्रेलरमा सशक्त ढङ्गले चित्रण गरिएको छ।

फिल्ममा मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ बाहेक भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका अनुभवी कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको ट्रेलरमा देखिन्छ।

सुयोग गुरुङ को निर्देशन रहेको यो चलचित्रलाई अनन्या फिल्म्स को ब्यानरमा सरोज न्यौपाने ले निर्माण गरेका हुन्। यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लुज’ जस्ता फिल्म निर्माण गरिसकेका न्यौपानेलाई ‘जेरी अन टप’ को निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी ले सहकार्य गरेका छन्। कार्यकारी निर्माताहरूमा अनुराधा गिरी र ईश्वर श्रेष्ठ रहेका छन्।

यसमा दुलिप रेग्मी को आकर्षक छायाङ्कन, निमेष श्रेष्ठ को सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठ को सङ्गीत, विस्वास तिम्सिना को पटकथा लेखन, हेमराज बिसी को कथा, सम्राट बस्नेत र राजु तामाङ को द्वन्द्व निर्देशन तथा किरण थापा को कोरियोग्राफी रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu