
काठमाडौं – २०७५ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चङ्गा चेट’को चर्चित गीत ‘गोजीमा दाम छैन’ले युट्युबमा १० करोड पटक हेरिएको छ। सार्वजनिक भएको सात वर्षको अवधिमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको यो गीतले आज यो महत्त्वपूर्ण कोशेढुंगा पार गरेको हो।
यस गीतमा राजनराज सिवाकोटीको सङ्गीत रहेको छ भने उनलाई मेलिना राई र गृष्मा सिवाकोटीले स्वरमा साथ दिएका छन्। गीतकार हरिहर तिमल्सिनाको शब्द रहेको यो गीत श्रोता तथा दर्शकमाझ सुरुमै लोकप्रिय बनेको थियो।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू प्रियङ्का कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रवीन्द्र झा र सुरक्षा पन्तको अभिनय देख्न सकिन्छ। प्रवीण सिंहले कोरियोग्राफी गरेका छन्। चलचित्रको निर्देशन दीपेन्द्र के. खनालले गरेका थिए।
गीत:






