प्रदर्शनरत ‘वरिष्ठ बलराम’को मार्मिक गीत ‘मायाले रुवायो’ सार्वजनिक



काठमाडौं – यस पटकको भाइटिकाको शुभ अवसर पारेर कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘मायाले रुवायो’ सार्वजनिक गरिएको छ। बुधवार सार्वजनिक यो गीत वियोगान्त शैलीमा तयार पारिएको छ। यसमा असफल प्रेम सम्बन्धको कथा र वियोगको गहिरो पीडालाई चित्रण गरिएको छ।

प्रेमिल जोडी एकाकार हुन नसक्दाको छटपटी र कसैले पनि वियोगको मर्म नबुझ्दाको दुःखलाई यस गीतको मर्मस्पर्शी शब्दहरूले समेटेका छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र समृद्धि अर्याल को अभिनय देख्न सकिन्छ। यस गीतमा अस्मिता अधिकारी, प्रशान्त सिवाकोटी र टीकाराम श्रेष्ठ को स्वर रहेको छ। गीतको शब्द र सङ्गीतको संयोजन स्वयं प्रशान्त सिवाकोटी ले गरेका हुन्। यसअघि सार्वजनिक भएको चलचित्रको अर्को गीत ‘न्यौली बनैमा’ ले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको छ।

‘वरिष्ठ बलराम’ प्रदर्शनको पाँचौँ दिनसम्ममा बक्स अफिसमा दुई करोड रुपैयाँ (ग्रस कलेक्सन) को आँकडा पार गर्न सफल भएको निर्माताले बताएका छन्। ‘वरिष्ठ बलराम’ को निर्देशन सुरेन्द्र पौडेल ले गरेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेल स्वयंको रहेको छ भने पटकथा महेश दवाडी ले तयार पारेका हुन्। यसका निर्माताहरूमा आशिष एच तामाङ र श्रीराज कार्की छन् भने प्रदीप जी धामी र पुष्कर बी. घिमिरे कार्यकारी निर्माता हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu