चलचित्र ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान



काठमाडौं – बाल मनोविज्ञानको संवेदनशील विषयवस्तुमा आधारित रहेर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘रोल नं. १’ का लागि निर्माण पक्षले बाल कलाकारको खोजी सुरु गरेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा बन्न लागेको यस चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत आधिकारिक विज्ञापन जारी गर्दै प्रतिभावान् बालबालिकाहरूलाई अडिसनमा सहभागी हुन आह्वान गरेको हो।

निर्माण पक्षका अनुसार यो चलचित्रका लागि ७ देखि १२ वर्ष उमेर समूहका ६ जना बाल कलाकार आवश्यक छन्, जसमा केटा कलाकार (७ देखि ८ वर्ष) ३ जना, केटी कलाकार (६ देखि ७ वर्ष) १ जना र केटा कलाकार (११ देखि १२ वर्ष) २ जना रहेका छन्। कलाकारहरूको शारीरिक मापदण्डका रूपमा रङ गहुँगोरो र उचाइ २.५ देखि ३ फिट सम्मको हुनुपर्ने भनिएको छ।

इच्छुक बालबालिका वा उनीहरूका अभिभावकले एक छोटो भिडियो क्लिप तयार गरी निर्माण समूहको आधिकारिक इमेल [email protected] वा WhatsApp नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन्। प्रारम्भिक छनोटमा परेका बालबालिकाहरूलाई अन्तिम चरणको अडिसनका लागि सम्पर्क गरिने निर्माण पक्षले जनाएको छ।

यस चलचित्रमा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद तथा प्रशान्त सिवाकोटीको सङ्गीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu