अन्ततः चलचित्र ‘अभिमन्यु’ मङ्सिर १८ गतेबाट प्रदर्शन हुने



काठमाडौं – पटक-पटकको प्रदर्शन मिति स्थगनपछि अन्ततः चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षका अनुसार, यो सिनेमा अब आगामी मङ्सिर १८ गते बाट देशभरका हलहरूमा रिलिज हुने भएको छ।

चलचित्रले हालै एक नयाँ पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ आफ्नो उपस्थितिको औपचारिक घोषणा गरेको छ। यसअघि, ‘जेनजी आन्दोलन’, बाढी-पहिरोको प्रकोप र अन्य ठुला चलचित्रहरूको बाक्लो प्रदर्शन तालिकाका कारण फिल्म पूर्वनिर्धारित मितिहरूमा आउन सकेको थिएन।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूको बाहुल्यता देख्न सकिन्छ। पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई क्यारेक्टर पोस्टरका रूपमा विशेष स्थान दिइएको छ।

निर्माण पक्षले सबैको सल्लाह र सुझावलाई ध्यानमा राख्दै नयाँ प्रदर्शन मिति निश्चित गरेको बताएको छ। निर्माता विनोद पौडेलले भने, “हामीले अब मङ्सिर १८ गते प्रदर्शनमा आउने निर्णय गरेका छौँ। यो मितिमा सफल हुनका लागि सबैबाट सहयोगको अपेक्षा गरेका छौँ।”

सुशान्त गौतमको निर्देशन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकको भूमिकामा मदन थापा छन्। चलचित्रको पटकथा मुकेश खनालले तयार पारेका हुन्।

विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको यो चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा संलग्न छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको जिम्मेवारीमा छन् भने जीवन शाक्य लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

प्राविधिक पक्षमा शरद महतोको छायाङ्कन (डिओपी), मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ्ग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu