सपनाको खोजीमा परदेशिएको युवाको कथा ‘मुगलान’को टिजर सार्वजनिक



काठमाडौं – रिहान प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार सार्वजनिक गरेको टिजरले नेपाली समाजको तीतो यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । यसले आर्थिक सङ्कटले पिरोलिएका एक युवाको कथा बोल्छ, जो परिवारलाई सुख दिन भारतमा मजदुरी गर्न पुग्छन् । परदेशमा उनले भोग्नुपरेको असह्य सास्ती र यता गाउँमा साहुको अत्याचार बिचको द्वन्द्वलाई कथावस्तुको केन्द्रमा राखिएको छ । परिवारको खुसी र आफ्नो सपना साकार पार्नका लागि गरिएको कठोर सङ्घर्षको भाव टिजरमा मार्मिक ढङ्गले उतारिएको छ ।

‘मुगलान’ ले युवा पुस्ताको परदेशिने सपना, गाउँघरको प्रेम सम्बन्ध र जीवनको सङ्घर्षलाई प्राथमिकताका साथ चित्रण गरेको देखिन्छ ।

यो चलचित्र आगामी पुस १० गते बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । यसमा मुख्य भूमिकामा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल रहेका छन् ।

उनीहरूका अलावा श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मि भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘मुगलान’ लाई आशिष ढकाल ले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रका निर्माता गोमन सिंह हुन् भने रिता चौधरी ले सह-निर्माताको रूपमा लगानी गरेकी छन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu