छायाङ्कनको मुखैमा ‘झिँगेदाउ २’ को मुख्य कलाकार परिवर्तन, मुकुनलाई हटाएर महेश अनुबन्ध



काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजाको चलचित्र ‘झिँगेदाउ २’ छायाङ्कनको अन्तिम तयारीमा जुटेको छ। यसै क्रममा, निर्माण पक्षले चलचित्रको मुख्य अभिनेतामा महत्त्वपूर्ण फेरबदल गरेको छ। निर्माता समेत रहेका निर्देशक देउजाले पूर्व-अनुबन्धित कलाकार मुकुन भुसालको स्थानमा अर्का अभिनेता महेश त्रिपाठीलाई भित्र्याएका छन्।

चलचित्रको शुभ मुहूर्त आगामी मङ्सिर १५ गते सोमबार गरिने र लगत्तै छायाङ्कन सुरु गर्ने तयारी भइरहँदा मुख्य कलाकार परिवर्तनको खबर बाहिरिएको हो।

निर्देशक देउजाका अनुसार, छायाङ्कनको समय तालिकालाई लिएर निर्देशक र अभिनेता मुकुन भुसालबिच विवाद भएपछि निर्माण पक्षले भुसालको विकल्प खोज्नुपरेको हो। लामो समयसम्म कलाकारको व्यस्तताका कारण तोकिएको समयमा चलचित्रलाई फ्लोरमा लैजान नसकेपछि यो विवाद चुलिएको निर्देशकको भनाइ छ।

कपनगढी चलचित्र प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नयाँ अनुबन्धित अभिनेता महेश त्रिपाठीसँगै आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको अभिनय रहनेछ। यसअघि नै तय भइसकेका कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, सङ्गम भण्डारी, हिउँवाला गौतम र आयन खड्का भने यथावत् रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu