चलचित्र ‘हर्ष’को ‘कुटु कुटु’ गीत सार्वजनिक, वर्षासँग रोमान्टिक देखिए खगेन्द्र



काठमाडौं – नव निर्देशक एकता पौडेलको निर्देशनमा बनेको चलचित्र ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ शुक्रवार सार्वजनिक भएको छ। निर्माण पक्षले युट्युबमार्फत सार्वजनिक गरेको यस गीतमा चलचित्रका मुख्य पात्र अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रोमान्टिक मुडमा देखिएका छन्।

विशेष गरी गम्भीर र चरित्र प्रधान भूमिकामा देखिने अभिनेता खगेन्द्र लामिछानेलाई यस चलचित्रको गीतमा पहिलो पटक पूर्ण रूपमा रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी समावेश छ।

एलिस कार्कीको कम्पोजिसनमा तयार भएको यस गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका गायक सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ। नीरकमल खड्का (मामल) ले गीतका शब्दहरू रचना गरेका हुन् भने शैलेन्द्र एम प्रधान (बाबु) ले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।

मङ्सिर १२ गते रिलिज हुने ‘हर्ष’मा खगेन्द्र र वर्षाका अलावा वरिष्ठ कलाकार निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीको अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu