
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको आधिकारिक युट्युब च्यानल मार्फत नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक गरिएको छ।
अर्जुन घिमिरे पाँडे निर्देशित यस चलचित्रको गीतमा अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपाश्री निरौला को मुख्य प्रस्तुति रहेको छ। यस्तै, लोकप्रिय कलाकारहरू अञ्जली अधिकारी र प्रदीप लामा ले पनि गीतको भिडियोमा अतिथि भूमिका निर्वाह गरेका छन्। नृत्य निर्देशन मौसम हिमालीले गरेका छन्। गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको छ, जसको शब्द, सङ्गीत र संयोजन रमेश परियारले गरेका हुन्।
यस चलचित्रको अर्को महत्त्वपूर्ण पक्ष भनेको अभिनेता गणेश उप्रेती को ठुलो पर्दामा कमब्याक हो। अमेरिकामा रहेका उप्रेती यसै चलचित्रको छायाङ्कनका लागि लामो समयपछि नेपाल फर्किएका थिए। चलचित्रमा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ। यसै गरी, विमोचन दवाडी र जेसिका पोखरेल ले यसै चलचित्रबाट अभिनय यात्रामा डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवाल को पनि अभिनय रहेको छ।
चलचित्रको निर्माण नागराज इन्टरटेन्मेन्ट प्रालि ले गरेको हो। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको यस फिल्ममा अनु थापा, पङ्कज खड्का, राम कार्की र सुवास शर्मा सह–निर्माता छन्। योगेश खतिवडा र विनोद कँडेलले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्। निर्देशक अर्जुन घिमिरेसँग गणेश कार्की र विशाल घिमिरेले पटकथा तथा संवाद लेखनमा रहेका छन्।
‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गते देखि देशभर प्रदर्शन हुने तय छ।
गीत:






