चलचित्र ‘किन लाग्छ माया’को फस्टलुक सार्वजनिक, चैत ६ मा प्रदर्शनको तयारी



काठमाडौं – एस एन्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ आउँदो चैत ६ गतेबाट नेपालसहित विश्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमाझ चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको फस्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्रहरू सन्जीत भण्डारी, जाह्नवी बस्नेत, सेडो रियल र ऋचा थापा लाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। यो चलचित्रबाट म्युजिक भिडियोमा सक्रिय रहँदै आएका कलाकार सेडो रियलले अभिनयमा डेब्यू गर्दैछन्।

कुबेर तामाङले निर्देशन गरेको यो चलचित्रमा सन्जीत भण्डारी र मोनु खड्काको लगानी रहेको छ। चलचित्रको कथावस्तु सेडो रियलको मौलिक अवधारणामा आधारित छ भने यसको पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका हुन्।

निर्माण पक्षका अनुसार, यो चलचित्रले दाजुभाइबिचको गहिरो मित्रता, एक–अर्काप्रतिको जिम्मेवारी र त्यागको भावनालाई प्रस्तुत गर्नेछ। साथै, विवाह पश्चात् श्रीमान्–श्रीमतीबिच विकसित हुने भावनात्मक र प्रेमिल सम्बन्धलाई पनि मुख्य कथावस्तुमा समेटिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu