
काठमाडौं – तेस्रो हप्तामा देशभर प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनको धन’ ले नयाँ गीत ‘ह्याप्पी बर्थडे’ सार्वजनिक गरेसँगै एक आकर्षक घोषणा गरेको छ। बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रको टिमले आज (मङ्सिर १० गते) जन्मदिन पर्ने दर्शकहरूका लागि चलचित्र निःशुल्क हेर्ने अवसर प्रदान गरेको छ।
चलचित्रका निर्माता तथा निर्देशक टङ्क बुढाथोकीले आज जन्मदिन पर्ने दर्शकहरूले पहिले हलमा गएर टिकट खरिद गरी चलचित्र हेरेपछि सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट निर्माण टिमलाई सम्पर्क गरेमा टिकटको सम्पूर्ण रकम फिर्ता गरिने जानकारी दिए।
सार्वजनिक गरिएको नयाँ गीत ‘ह्याप्पी बर्थडे’मा टङ्क बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी, र एआर बुढाथोकीको स्वर रहेको छ। गीतमा शब्द, सङ्गीत तथा एरेन्जमेन्ट पनि टङ्क बुढाथोकीकै रहेको छ।
प्रदर्शनको २० औँ दिनसम्म आइपुग्दा ‘मन बिनको धन’ ले बक्स अफिसमा ३ करोड ६० लाख भन्दा बढीको कलेक्सन गरिसकेको छ। विशेष गरी, विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई चलचित्र देखाउन हलसम्म लैजान थालेका छन्। चलचित्रमा गुरु-शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्य बोध, र शिक्षाको महत्त्व जस्ता महत्त्वपूर्ण सामाजिक पक्षहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
‘मन बिनको धन’ मा अशोक दर्जी सँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा, आर्यन पोखरेल, विजय डङ्गोल लगायतका स्थापित कलाकारहरूको अभिनय रहेको छ।
टङ्क बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कथा टङ्क बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्।
गीत:



