वैवाहिक जीवनमा प्रवेश गर्दै नायिका पूजा शर्मा



काठमाडौं – नेपाली चलचित्रकी नायिका पूजा शर्मा अन्ततः वैवाहिक जीवनमा प्रवेश गर्न लागेकी छिन्। लामो समयदेखिको प्रेम सम्बन्धमा रहेका प्रेमी युद्ध बानियाँसँग उनको मङ्सिर २० गते विवाह गर्ने तय भएको छ। दुवैको विवाह काभ्रेको साँगामा अवस्थित पाँचतारे होटेल फरच्यूनमा सम्पन्न हुनेछ।

पूजा र युद्धबिचको प्रेम सम्बन्ध ६ वर्षदेखि मजबुत रूपमा अगाडि बढिरहेको थियो। चलचित्र क्षेत्र र व्यक्तिगत जीवनमा एक अर्काको साथ दिँदै आएका उनीहरूले अब पारिवारिक यात्राको नयाँ चरण सुरु गर्न लागेका हुन्।

उनीहरूको विवाह समारोहमा नजिकका परिवार, आफन्त, चलचित्र क्षेत्रका सहकर्मी तथा प्रिय व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu