‘झरीपछिको इन्द्रेणी’को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको ‘कमब्याक’



काठमाडौं – लामो समयदेखि हास्य विधामा सक्रिय रहँदै आएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा पाइला चालेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को औपचारिक पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रायः मुख्य कलाकारहरूलाई उनीहरूको ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत गरिएको छ।

नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत अभिनेता गणेश उप्रेती लामो अन्तरालपछि नेपाली रजतपटमा फर्किएका छन्। अमेरिकामा रहेका उप्रेती यसै चलचित्रको छायाङ्कनका लागि नेपाल फर्किएका थिए।

चलचित्रमा स्थापितदेखि नयाँ पुस्ताका कलाकारहरूको जमघट रहेको छ। गणेश उप्रेतीका साथै रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, प्रकाश घिमिरे, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन र निर्देशक स्वयं अर्जुन घिमिरे ‘पाँडे’को अभिनय रहेको छ। यस्तै, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको पनि अभिनय रहेको छ।

यो चलचित्रमार्फत कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा औपचारिक ‘डेब्यू’ गर्दैछन्। निर्माण पक्षका अनुसार बाल कलाकारको रूपमा दिप्सन चिलवालले पनि यसमा अभिनय गरेका छन्। विशेष आकर्षणको रूपमा, चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।

चलचित्रको कथा निर्देशक घिमिरे आफैँले तयार पारेका हुन्। यसको पटकथा र संवादमा भने गणेश कार्की र विशाल घिमिरेले सहकार्य गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu