
काठमाडौं – कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ ले आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्रता दिएको छ। सोही क्रममा, चलचित्रको एक रोमान्टिक गीत हालै सार्वजनिक गरिएको छ।
आगामी मङ्सिर २६ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको ‘लोकन्ती’ को ‘लाजै नमानी’ बोलको प्रेमिल गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक ‘लाजै नमानी’ गीतमा चलचित्रका कलाकार कुमार न्यौपाने र विमला लिम्बु लाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। यो गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक नारायण थापा को कर्णप्रिय स्वर रहेको छ। गीतका शब्दहरू शङ्कर अधिकारी ले कोरेका हुन् भने यसमा विकास चौधरी को सङ्गीत रहेको छ।
चलचित्रमा अभिनेता यशराज गराच मुख्य भूमिकामा रहेका छन्। उनको साथमा अभिनेत्री तथा मोडल ऋचा थापा को अनस्क्रिन जोडी देख्न सकिनेछ। यसबाहेक, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायतका कलाकारहरूको भूमिका रहेको छ।
गीत:






