
काठमाडौं – पौष १० गते प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मुगलान’को दोस्रो गीत ‘मेरो प्रियतम’ सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार एक कार्यक्रमका बिच यो प्रेमिल गीत दर्शकमाझ ल्याएको हो।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ। यो गीतमा उनीहरूको जोडी निकै सुहाउँदो र आकर्षक देखिएको छ।
‘मेरो प्रियतम’ गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको छ, जसलाई सिर्जना लम्सालले शब्दबद्ध गरेकी हुन्। गीतमा किरण भुसालले सङ्गीत दिएका छन् भने रिदम कँडेलको सङ्गीत संयोजन रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। यस गीतको कोरियोग्राफी देवेन्द्र कुँवरको रहेको छ भने छायाङ्कनको जिम्मा अजय रेग्मीले सम्हालेका छन्।
रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मुगलान’लाई आशिष ढकालले लेखन तथा निर्देशन गरेका हुन्। फिल्मका निर्माता गोमन सिंह हुन्, जसका लागि यो डेब्यु निर्माण हो। यस्तै, रिता चौधरी सह-निर्माताका रूपमा रहेकी छन्।
चलचित्रमा प्रभात पाल र स्मारिका ढकालबाहेक श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मि भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारहरूको अभिनय रहेको छ।
गीत:






