साइन्स फिक्सन ‘एक्लो’को पोस्टर सार्वजनिक



काठमाडौं – प्रतीक्षित नेपाली साइन्स फिक्सन चलचित्र ‘एक्लो’ को औपचारिक पोस्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण पक्षले बेलायतको लन्डनमा पोस्ट–प्रोडक्सन कार्य भइरहेकै बेला सबै कलाकारहरूलाई समेटिएको आकर्षक पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्यदेखि सहायक कलाकारसम्म फिचर्ड गरिएको छ । पोस्टरमा अभिनेता प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, यवनराज उप्रेती लगायतका स्थापित अनुहारहरू प्रमुखताका साथ देखिएका छन् ।

यसका साथै, पोस्टरमा सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, र बाल कलाकारहरू जेमिन श्रेष्ठ तथा स्योन सविक सिंह को पनि उपस्थिति रहेको छ ।

एनआरएन (गैर–आवासीय नेपाली) समूहको लगानीमा निर्माण भएको यो महत्त्वाकाङ्क्षी प्रोजेक्टलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । चलचित्रको कार्यकारी निर्माताको जिम्मेवारी कलाकार विनोद सुवेदी ‘क्षितिज’ ले लिएका छन् ।

‘एक्लो’ को प्राविधिक पक्ष पनि उत्तिकै बलियो देखिएको छ । चलचित्रमा छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङले सम्हालेका छन् । सेट डिजाइनमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइनमा द्रोणप्रसाद पौडेल ‘ठेउके’ को योगदान रहेको छ ।

भव्य विज्ञान कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको ‘एक्लो’ आगामी पुस १७ गते (जनवरी १, २०२६)बाट विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu