‘अभिमन्यु: च्याप्टर १’को प्रिमियरमा सस्पेन्स थ्रिलरको प्रशंसा



काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ को प्रिमियर शो सम्पन्न भएको छ। यही बिहीबार बाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सोमबार ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा एक विशेष समारोहका बिच मिडिया, चलचित्रकर्मी र ‘कास्ट एन्ड क्रू’का लागि प्रदर्शित गरियो।

सामाजिक थ्रिलर जनराको यो चलचित्रले नेपाली समाजमा जरो गाडेको दाइजो प्रथाको क्रूर यथार्थ र यसले निम्त्याउने विभीषिकालाई मुख्य कथावस्तु बनाएको छ। १०८ मिनेटको ‘रनटाइम’ रहेको यो चलचित्र थ्रिलर रुचाउने दर्शकका लागि महत्त्वपूर्ण मानिएको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले प्रशंसा बटुलेको थियो।

प्रिमियर समारोहमा मुख्य कलाकारहरू कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल र लक्ष्मी बर्देवालगायत सम्पूर्ण प्राविधिक टोलीको उपस्थिति रहेको थियो।

सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्र ‘सेभेन सिज सिनेमा’को ब्यानरमा निर्माण भएको हो। चलचित्रलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्, भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन्। पटकथा मुकेश खनालले लेखेका हुन्।

चलचित्रको छायाङ्कन शरद महतोले गरेका छन्। भिएफएक्स मनोज श्रेष्ठको, रङ्ग संयोजन जुनिम गहतराजको र सम्पादन मदन घिमिरेको रहेको छ। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको जिम्मेवारीमा छन्। जीवन शाक्य लाइन प्रोड्युसर हुन्।

चलचित्रको नियमित प्रदर्शनका लागि अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu