प्रख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौं आउँदै, ‘हेलवाच’ प्रदर्शनीसँगै अन्तरक्रिया हुने



काठमाडौं – विश्वविख्यात अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर नेपाल भ्रमणमा आउने भएका छन्। उनी यही मङ्सिर २६ गते शुक्रवारका दिन काठमाडौंस्थित अस्कर इन्टरनेसनल कलेजमा आफ्नो बहुचर्चित वृत्तचित्र ‘हेलवाच’ प्रदर्शनका लागि उपस्थित हुने भएकी हुन्।

‘हेलवाच’ वृत्तचित्र खास गरी अष्ट्रियाली लेखक, अनुभवी पर्वतारोही र भेडी गोठाले बोडो हेलको जीवनमाथि आधारित एक काव्यिक पोट्रेट हो। निर्देशक मायर आफैँमा एक विशिष्ट व्यक्तित्व हुन्, जसलाई अष्ट्रियाली सरकारले देशका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने १२ जना साहसी महिलामध्ये एकको रूपमा चयन गरेको थियो।

अस्कर इन्टरनेसनल कलेजका शिक्षक नवनिधि दाहालका अनुसार, वृत्तचित्रको विशेष प्रदर्शनीपश्चात् दर्शकहरूलाई निर्देशक मायरसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरिनेछ।

दाहालले सोही दिन वृत्तचित्र प्रदर्शन सकिए लगत्तै तीन दिने ‘क्यालिओप प्रस्तुति’ को पनि उद्घाटन गरिने बताए। यस कला प्रदर्शनीको आयोजना अस्कर कलेजले नयाँ दिल्लीस्थित अष्ट्रियाली दूतावाससँगको सहकार्यमा गर्न लागेको हो।

उक्त ‘क्यालिओप प्रस्तुति’ प्रदर्शनी मङ्सिर २६ देखि २८ गतेसम्म (डिसेम्बर १२ देखि १४ तारिख) चल्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu