पूजा शर्मा र युद्ध बानियाँको ६ वर्ष लामो सम्बन्धले पायो वैवाहिक पूर्णता



काठमाडौं – नेपाली चलचित्र उद्योगकी चर्चित निर्मात्री तथा अभिनेत्री पूजा शर्माले आफ्नो ६ वर्ष लामो प्रेम सम्बन्धलाई शनिवार वैवाहिक बन्धनमा परिणत गरेकी छिन्। लामो समयदेखिका प्रेमी युद्ध बानियाँसँग उनले लगनगाँठो कस्दै आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेकी हुन्।

उक्त विवाह समारोह शनिवार भक्तपुरस्थित एक रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको थियो। वैवाहिक अनुष्ठानलाई पारिवारिक सदस्य, निकट आफन्त तथा सिने वृत्तका सीमित व्यक्तित्वहरूको उपस्थितिमा उत्सवका रूपमा मनाइएको थियो।

दिउँसोबाट सुरु भएको यो शुभ कार्य बेलुकासम्म चलेको थियो। समारोहमा नेपाली चलचित्र उद्योगका हस्तीहरूको उपस्थिति रहेको थियो। महानायक राजेश हमाल आफ्नी पत्नी मधु हमालका साथ उपस्थित थिए भने अभिनेत्रीहरू निरुता सिंह, रेखा थापा, सृष्टि श्रेष्ठ लगायतका कलाकारहरूले नवदम्पतीलाई बधाई दिएका थिए।

अभिनेत्री शर्माले आफ्नो यो खुसीको क्षणमा नजिकका सञ्चारकर्मी र चलचित्रकर्मीहरूलाई पनि निमन्त्रणा दिएकी थिइन्।

Photo: Artist Media Network

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu