परदेशिने छोराको कथामा ‘आ बाट आमा’ को मार्मिक टिजर सार्वजनिक



काठमाडौं – आर्या इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ। सोमबार निर्माण टोलीले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएको टिजरले परदेशिन लागेका एक नेपाली युवा र उनका बाबुआमाको गहभरि आँसुको कथालाई गहिरो रूपमा उतारेको छ।

टिजरमा विदेश यात्राका लागि तयार भएका छोराको माया र बिछोडको पीडालाई प्रस्तुत गरिएको छ। अभिनेता पल शाह आफ्नो सिरानीमा पासपोर्ट राखेर सुतेका छन् भने उनका बुबाको भूमिकामा रहेका कलाकारहरू प्रदीप रावत र आमाको भूमिकामा बिपना थापा रातभर रोएर अनिदो अवस्थामा देखिएका छन्। छोरा बिदाइको सङ्घारमा रहँदा बाबुआमाले रातभर आँसुसँग जुधेर बिहानको उज्यालो पारेको दृश्यले दर्शकलाई निकै भावुक बनाउने सामर्थ्य राख्छ। विशेष गरी बिपना थापा र प्रदीप रावतको अभिनयको गहिराइले टिजरमै दर्शकको मन छुन सफल भएको छ।

नेपालबाट परदेशिन बाध्य युवाको संवेदनशील कथावस्तुलाई चलचित्रको पर्दामा निर्देशक चन्द्र पन्तले जीवन्त ढङ्गले उतारेको बताएका छन्। यो चलचित्र आगामी माघ १६ गते देखि देशभर प्रदर्शनमा आउने घोषणा गरिएको छ।

चलचित्रमा पल शाह, प्रदीप रावत, बिपना थापाका साथै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित बिस्ट, अंशु महर्जन, बेगम नेपाली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। बाल कलाकारहरूमा समाइरा थापा र शान अधिकारी छन्।

निर्देशक पन्त स्वयंको कथा र पटकथा रहेको यस चलचित्रको लेखनमा अभिमन्यु निरवी ले सघाएका छन्। संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्त को सहकार्य रहेको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu