
काठमाडौं – रिलिजको नजिक पुग्दा चलचित्र ‘पीआर’ को शीर्ष गीत ‘पीआर को चक्करले’सार्वजनिक भएको छ। यो गीत शुक्रवारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रचारप्रसार स्वरूप रिलिज गरिएको हो।
गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई फिचर गरिएको छ। उनीहरूको नृत्य र अभिनयले गीतको दृश्य पक्षलाई रमाइलो बनाएको छ।
सार्वजनिक भएको यस गीतमा मानस राजको सङ्गीत रहेको छ, भने स्वरमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको कोरियोग्राफी यस चलचित्रका निर्देशक समेत रहेका शोभित बस्नेतले गरेका हुन्।
‘सलोन सलिना फिल्म्स’ को ब्यानरमा निर्माण भएको यो चलचित्रमा आर ए सुरज पौडेल र विनीता कार्कीसँगै राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डाँगी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायलको मुख्य अभिनय रहेको छ।
यसका साथै, वरिष्ठ कलाकारहरू नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीलाई विशेष भूमिकामा देख्न सकिनेछ।
चलचित्र ‘पीआर’ ले प्रेम, सङ्घर्ष र आप्रवासन (वैदेशिक रोजगारी) को संवेदनशील कथावस्तुलाई उठान गरेको छ।
गीत:




