चलचित्र ‘रमिताको पिरती’को गीत ‘तिमी भए काफी’ सार्वजनिक



काठमाडौं – आगामी माघ २३ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ यति बेला आफ्नो फरक कथावस्तु र नयाँ प्रस्तुति शैली का कारण चर्चाको केन्द्रमा छ । चलचित्रका सार्वजनिक पोस्टर र टिजरले युवा पुस्तामाझ राम्रो प्रभाव जमाइसकेका छन्, जसमा एक युवतीको जीवन, सङ्घर्ष, प्रेम र उतारचढावलाई आकर्षक ढङ्गले देखाइएको छ। विशेष गरी, मुख्य नायिका आना शर्माको भिन्न लुक्स र प्रस्तुतिले फिल्मप्रति दर्शकको चासो बढाएको छ।

यसै क्रममा, निर्माण पक्षले फिल्मको रिलिज पूर्व प्रचारप्रसारलाई तीव्र पार्दै सोमबार ललितपुरको लाबिम मल मा आयोजित एक कार्यक्रममार्फत ‘तिमी भए काफी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ।

सार्वजनिक गीतमा आना शर्मा र नव-नायक तथा गायक समीर श्रेष्ठको मनमोहक रोमान्स देख्न सकिन्छ। गीतको भिडियो थाइल्यान्डका रमणीय र आकर्षक लोकेसनहरूमा छायाङ्कन गरिएको छ, जहाँ आना र समीरको सामिप्यता र केमेस्ट्रीलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ। भिडियोको उत्कृष्ट कोरियोग्राफी र लोभलाग्दो सिनेमाटोग्राफीले यसलाई अझ विशेष बनाएको छ। थाइल्यान्डको खुल्ला परिवेशमा नायिका आना शर्मा अझ खुलेकी छिन्।

गीतमा समीर श्रेष्ठकै सुमधुर स्वर रहेको छ भने यसमा शाश्वतको सङ्गीत सुन्न सकिन्छ।

सुदिप्ताले निर्देशन गरेको यो चलचित्रका निर्माता सागर लम्साल हुन्। सुदिप्ताकै लेखनमा तयार भएको यस चलचित्रमा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामो लगायतका कलाकारहरूको अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu