‘मिरमिरे’को गीत ‘मिरमिरे भो’मा प्रकाश र दयाहाङको टक्कर



काठमाडौं – निर्देशक यम शेर्पाको चलचित्र ‘मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ । माघ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतको रचना र सङ्गीत भर्ने काम स्वयम् प्रकाश सपूतले नै गरेका हुन् ।

सार्वजनिक भिडियोमा चलचित्रका मुख्य पात्रहरू दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ । भिडियोमा विशेष गरी सिर्जनाको सुन्दरताले मोहित भएका दयाहाङ र प्रकाशबीचको प्रतिस्पर्धात्मक आकर्षणलाई देखाइएको छ ।

यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा कलाकारहरूको बलियो उपस्थिति रहेको छ । दयाहाङ र प्रकाशका साथै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल जस्ता स्थापित अनुहारहरू यसमा समेटिएका छन् । चलचित्रलाई निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले निर्माण गरेका हुन् भने गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माताको रूपमा रहेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu