
काठमाडौं – सामाजिक र राजनीतिक परिवेशलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै…’ सार्वजनिक गरिएको छ। आगामी माघ ९ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको गीत सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ भने युवराज चौलागाईँ र अनु चौधरीले स्वर दिएका छन्। चलचित्रको यस भिडियोमा मुख्य कलाकारहरू बेनिशा हमाल र नरेन खड्कालाई प्रस्तुत गरिएको छ।
रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रलाई दिनेश कोइरालाले कथा तथा निर्माण गरेका हुन्। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा एउटै धारका कथाहरूको बाहुल्यता भइरहेका बेला ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज र मानवीय सम्बन्धको रोचक सम्मिश्रणलाई पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ। यसअघि नै सार्वजनिक भइसकेको फर्स्ट लुक र टिजरले दर्शकको मन जितिसकेको अवस्थामा सार्वजनिक गीतले चलचित्रप्रति थप आकर्षण बढाएको छ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको यस चलचित्रमा नेपाली चलचित्रका स्थापित देखि नयाँ पुस्ताका कलाकारहरूको जम्बो टोली रहेको छ। चलचित्रमा नीर शाह, रमेश बुढाथोकी, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मा लगायतको सशक्त अभिनय हेर्न पाइनेछ। चलचित्रको पटकथा तथा संवाद लेखनमा प्रदीप भारद्वाज र मौनता श्रेष्ठले सहकार्य गरेका छन्।
गीत:




