‘एमएसएम भिडियो’मा रिलिज भयो चलचित्र ‘पिआर’



काठमाडौं – अस्ट्रेलिया पलायन भएका नेपाली युवाहरूको सपना र त्यहाँको स्थायी आवासीय अनुमति अर्थात् ‘पिआर’ प्राप्तिका लागि भोग्नुपर्ने सकसपूर्ण सङ्घर्षको कथा समेटिएको चलचित्र ‘पिआर’ अब डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ। गत मङ्सिर २६ गतेबाट हलमा प्रदर्शन सुरु भएको यस चलचित्रलाई हलसम्म पुग्न नपाएका दर्शकहरूको सुविधाका लागि भन्दै बिहीबारदेखि आधिकारिक रूपमा ‘एमएसएम भिडियो’ नामक ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो।

शोभित बस्नेतको निर्देशनमा तयार पारिएको यस फिल्मको ठुलो हिस्सा अस्ट्रेलियामै छायाङ्कन गरिएको छ, जसले गर्दा विदेशमा रहेका नेपालीहरूको वास्तविक परिवेशलाई पर्दामा उतार्न सहज भएको निर्माण पक्षको दाबी छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायलले मुख्य भूमिका निर्वाह गरेका छन्। यसका साथै नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरू नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीलाई पनि विशेष भूमिकामा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu