‘आ बाट आमा’को गीतमा प्रतिभा देखाउनेलाई पुरस्कार अफर



Screenshot

काठमाडौं – प्रदर्शनको सङ्घारमा रहेको चलचित्र ‘आ बाट आमा’को निर्माण पक्षले आफ्ना दर्शक र कला प्रेमीहरूका लागि आकर्षक पुरस्कारको घोषणा गरेको छ। चलचित्रको मर्मस्पर्शी शीर्ष गीत ‘लैजा खबर ए हावा’मा केन्द्रित रहेर निर्माण टिमले सोमबारदेखि कभर गायन तथा अभिनय प्रतियोगिता सुरु गरेको हो। यस प्रतियोगितामा उत्कृष्ट ठहरिने एक सहभागीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक व्यक्तिले उक्त गीतमा आफ्नो स्वर भरेर कभर गायन गर्नुपर्नेछ भने अभिनयमा रुचि हुनेले गीतको भाव अनुसारको अभिनय प्रस्तुत गर्नुपर्नेछ। आफ्नो विधा छनोट गरी भिडियो तयार पारेपछि सहभागीले त्यसलाई आगामी माघ १२ गतेभित्र टिकटकमा अपलोड गरिसक्नुपर्नेछ। तोकिएको समय सीमाभित्र पोस्ट भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।

भिडियो अपलोड गर्दा सहभागीले ओएसआर डिजिटलको आधिकारिक टिकटक एकाउन्टलाई मेन्सन गर्नुपर्ने नियम बनाइएको छ। प्राप्त भिडियोहरूमध्येबाट उत्कृष्ट प्रस्तुतिलाई छनोट गरी आगामी माघ १४ गते विजेताको घोषणा गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए।

आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ। कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको सङ्गीत रहेको छ। यो चलचित्र आगामी माघ १६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu