चलचित्र ‘बब डाई’को छायाङ्कन सकियो, कहिले हुन्छ रिलिज ?



काठमाडौं – नेपाली चलचित्र क्षेत्रका भर्साइटल अभिनेता सौगात मल्ल र अभिनेत्री सिम्रन पन्तको मुख्य अभिनय रहेको चलचित्र ‘बब डाई’को छायाङ्कन सम्पन्न भएको छ। काठमाडौँका विभिन्न स्थानहरूमा ४२ दिनसम्म चलेको निरन्तर छायाङ्कनपछि निर्माण टोलीले क्यामरा ‘प्याक अप’ गरेको हो। निर्देशक प्रवीण श्रेष्ठका अनुसार काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानहरूमा चलचित्रको सम्पूर्ण दृश्यहरू कैद गरिएको छ।

निर्देशक श्रेष्ठले चलचित्रका दुई वटा गीतबाहेक पटकथाका सबै दृश्यहरूको छायाङ्कन सकिएको जानकारी दिएका छन्। बाँकी रहेका गीतहरूको छायाङ्कन भने केही हप्तापछि गरिने योजना छ। हाल निर्माण पक्ष चलचित्रको ‘पोस्ट प्रोडक्सन’ अर्थात् सम्पादन र प्राविधिक कार्यतर्फ केन्द्रित भएको छ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भइरहेको यो चलचित्रले कीर्तिपुरको एक युवकको जीवन भोगाइलाई कथाको मूल विषय बनाएको छ। चलचित्रमा सौगात मल्लले शीर्ष भूमिका ‘बब डाई’ को चरित्र निर्वाह गरेका छन्। नेवारी समुदायमा दाजुलाई ‘डाई’ भनिने सम्बोधनलाई आधार मानेर चलचित्रको नामकरण गरिएको निर्देशकले खुलाएका छन्। कमेडी विधामा आधारित भए तापनि यसमा हास्य रसका साथै अन्य गम्भीर र सामाजिक पक्षहरूलाई समेत रोचक ढङ्गले प्रस्तुत गरिएको दाबी निर्माण पक्षको छ।

यस चलचित्रमा सौगात र सिम्रनका साथमा वरिष्ठ कलाकार सन्तोष पन्तसहित विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल र यमन श्रेष्ठजस्ता स्थापित कलाकारहरूको बलियो उपस्थिति रहेको छ। यस्तै अन्य कलाकारहरूमा कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन र बाल कलाकार अग्रिम पण्डितले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu