‘आ बाट आमा’को नेवारी गीत: मदनकृष्ण श्रेष्ठको शब्दमा यमनले दिए स्वर



काठमाडौं – लामो समयपछि नेपाली रजतपटमा फर्किएकी अभिनेत्री बिपना थापा र अभिनेता पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’ बोलको गीतले डिजिटल प्लेटफर्ममा पाएको सफलतापछि निर्माण पक्षले यसलाई नेवारी संस्करणमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ।

यस नेवारी संस्करणमा गायक यमन श्रेष्ठले स्वर भरेका छन्। रोचक पक्ष के छ भने, गीतको शब्दलाई नेवारी भाषामा अनुवाद गर्न यमनकै पिता वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सहयोग गरेका छन्। गायक यमनले चर्चित गीतलाई आफ्नै मातृभाषामा गाउन पाउनु विशेष अवसर रहेको प्रतिक्रिया दिए। उनले आफ्नो पिताको भाषिक दक्खललाई उपयोग गर्दै गीतका शब्दहरूलाई मौलिक नेवारी शैलीमा ढालिएको बताए। चलचित्रका निर्देशक चन्द्र पन्तले चलचित्रको विषयवस्तु र भावनालाई सबै वर्गसम्म पुर्‍याउन यो कदम चालिएको बताए। 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा बिपना र पलका साथै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिस्ट र बेगम नेपाली जस्ता कलाकारहरूको अभिनय रहेको छ। यो चलचित्र आउँदो माघ १६ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu