‘किन लाग्छ माया’ को गीत ‘धौले धनसार’ सार्वजनिक



काठमाडौं – चलचित्र ‘किन लाग्छ माया’को गीत ‘धौले धनसार’ सार्वजनिक गरिएको छ। कुबेर तामाङको निर्देशनमा तयार भएको यस चलचित्रको सार्वजनिक गीतमा चर्चित गायिका शान्तीश्री परियार, गायक पुष्कर सुनुवार र गोपाल ढकाल ‘छन्दे’ को स्वर सुन्न सकिन्छ। यसमा डा. अशाबहादुर तामाङको शब्द र पुष्कर सुनुवारको सङ्गीत रहेको छ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा र सामाजिक सञ्जालमा निकै लोकप्रिय ‘मिस पवि’ सँगै नव-नायक स्याडो रियल र हिउवाला गौतमको नृत्य देख्न सकिन्छ।

दाजुभाइबिचको आत्मीय कथालाई समेटेको यस चलचित्रमा सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको छ। चलचित्रमा राजेन्द्र खड्गी, रवि डङ्गोल, रामकाजी घिमिरे, सुभाष गजुरेल, र रवीन्द्र खड्का जस्ता अनुभवी कलाकारहरूको अभिनय छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu