
काठमाडौं – शनिवार आयोजित एक समारोहकाबीच नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को औपचारिक शुभारम्भ गरिएको छ। सञ्चारमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यसको उद्घाटन गरे।
जापानमा नेपाली चलचित्र रिलिज गर्दै आएका उज्ज्वल गुरागाईँको नेतृत्वमा रहेको यो ओटीटीको लागत ६ करोड दाबी गरिएको छ। यस प्लेटफर्ममा आगामी फेब्रुअरी १ देखि नेपाली चलचित्र, ओरिजिनल सिरिज र विभिन्न शोहरू हेर्न पाइने बताइएको छ।
यस प्लेटफर्ममा सलोन बस्नेतको चलचित्र ‘रुम नम्बर ८’, सिरिजहरू ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, र ‘चेलीबेटी’ जस्ता सामग्रीहरू प्रसारण हुनेछन्।





