
काठमाडौं – नेपाली साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ। एसडी योगीको सुमधुर सङ्गीत र सितुस्मा अधिकारीका शब्द रहेको यस गीतमा गायिका सलिना बिकेले स्वर दिएकी छिन्। गीतले विशेष गरी अधुरा सपना, प्रेममा पाइने धोका र त्यसले निम्त्याउने मानसिक छटपटाहटलाई प्रस्तुत गरेको छ।
सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ। बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्र आगामी माघ १६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ। यसमा महेश त्रिपाठी, सुरक्षा इटानीका साथै बाल कलाकारहरू ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय रहेको छ।
गीत:





