झापाको माईमेलादेखि कलेजसम्म  चलचित्र ‘परिवर्तन’को चर्चा



काठमाडौं – नेपाली चलचित्र ‘परिवर्तन’ प्रदर्शनको सङ्घारमा पुगेसँगै निर्माण टोली यति बेला प्रचारप्रसारको दौडधुपमा व्यस्त देखिएको छ। यही माघ ९ गतेबाट देशभरका हलमा लाग्ने तयारीमा रहेको यस फिल्मको टोली यति बेला पूर्वी नेपालको झापा पुगेर प्रचारलाई आक्रामक बनाइरहेको छ।

प्रचारको सिलसिलामा निर्माण पक्षले माघे सङ्क्रान्तिको विशेष अवसरलाई सदुपयोग गर्दै झापाको प्रसिद्ध कन्काई माई मेलामा दर्शकमाझ उपस्थिति जनाएको छ। उक्त मेलामा फिल्मका मुख्य कलाकारहरू सुशील श्रेष्ठ र अञ्जना बराइली लगायतको टोलीले दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका छन्। चलचित्रको गीत ‘पाकेको चिउरी’मा हजारौँ दर्शक र कलाकारले सँगै नाचेका थिए।

प्रचार टोलीले शुक्रवार झापाका विभिन्न विद्यालय र कलेजहरूमा पुगेर विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेको छ। चलचित्रको ट्रेलरले युट्युबमा मात्र ४ दिनमा ११ लाखभन्दा बढी ‘भ्युज’ पाइसकेको छ। एक्सन स्टारको छवि बनाएका सुशील श्रेष्ठ र प्रभावशाली अभिनेत्री अञ्जना बराइलीको जोडीले चलचित्रमा विशेष आकर्षण थपेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ले सत्ताको शक्ति र नेपाली राजनीतिक प्रवृत्तिको द्वन्द्वलाई एक्सन–सस्पेन्स शैलीमा प्रस्तुत गरेको छ। विजय केरुङको निर्देशनमा बनेको यस चलचित्रमा सुशील र अञ्जनाका साथै करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे जस्ता पाका र स्थापित कलाकारहरूको अभिनय देख्न पाइनेछ।

दीपक सिवाकोटीको कथा र लगानी रहेको यस चलचित्रको पटकथा शिवम अधिकारीले तयार पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu