रघुजी फिल्म्सले चलचित्रहरू ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने, अमरदीपले निर्देशन गर्ने



काठमाडौं – रघुजी फिल्म्सले एकैसाथ दुई चलचित्रको घोषणा गरेको छ। ‘समयभन्दा अघि र भाग्यभन्दा बढी केही पाइँदैन’ भन्ने दार्शनिक भावलाई पर्दामा उतार्न कस्सिएको यो निर्माण समूहले ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउन लागेको हो।

निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सहकार्यमा तयार हुन लागेका यी चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही भिन्न र ऊर्जावान् विषयवस्तु पस्कने दाबी गरिएको छ।  आगामी २०८३ सालभित्र दुवै चलचित्रलाई प्रदर्शनमा ल्याउने गरी कार्य तालिका निर्माण गरिएको छ।

यस शृङ्खलाको पहिलो प्रस्तुति ‘कालकट्टी’ को छायाङ्कन आगामी माघ महिनाको अन्त्यबाट सुरु हुनेछ। हाल यो चलचित्रका लागि कलाकार तथा प्राविधिक टोलीको अन्तिम छनोट कार्य तीव्र गतिमा भइरहेको छ। रघुनाथ सापकोटाको लगानी रहने यस चलचित्रको लेखन र निर्देशन दुवै पक्ष अमरदीप सापकोटाले नै सम्हालेका छन्। चलचित्रको दृश्यलाई निसाल पौडेलले क्यामरामा कैद गर्नेछन्।

निर्माण टिमका अनुसार ‘कालकट्टी’ को छायाङ्कन र प्रदर्शनको तयारी लगत्तै अर्को चलचित्र ‘काकाको बिहे’ को काम सुरु गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu