‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक, प्रेम र बदलाको रहस्यमय सँगालो



काठमाडौं – नयाँ नेपाली ‘साइकोलोजिकल थ्रिलर’ चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार ललितपुरस्थित लबिम मलमा आयोजित एक विशेष समारोहका बिच निर्माण पक्षले चलचित्रको झलक प्रस्तुत गरेको हो। सार्वजनिक ट्रेलरले प्रेम, विश्वासघात र प्रतिशोधको एउटा रहस्यमय चक्रलाई पर्दामा उतार्ने सङ्केत गरेको छ।

ट्रेलरको सुरुवात सुखद प्रेम र रोमान्टिक सम्बन्धबाट भए तापनि कथा बिस्तारै गम्भीर मोडतर्फ मोडिएको देखिन्छ। मानवीय संवेदना र सम्बन्धभित्र उब्जिने छलकपट, प्रेम नपाउँदाको छटपटी र त्यसले निम्त्याउने अप्रत्याशित घटनाक्रमलाई ट्रेलरमा मुख्य आकर्षकका रूपमा देखाइएको छ।

यस चलचित्रमा मुख्य भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता स्थापित कलाकारहरू फिचर्ड छन्। उनीहरूसँगै बाल कलाकारका रूपमा ग्रिष्मा कटुवाल र सहारा शर्माको पनि उपस्थिति रहेको छ। कलाकारहरूको भावभङ्गी र ट्रेलरमा देखिएको उनीहरूको प्रस्तुतिले चलचित्रप्रति थप आशा जगाएको छ।

बलिराम चौहानको डेब्यु निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ माघ १६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने तयारीमा छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu