‘रोल नं. १’ आगामी वर्षको जेठ १५ गते रिलिज हुने



काठमाडौं – बाल मनोविज्ञान र शिक्षाको गहिराइलाई पर्दामा उतार्न तयार रहेको चलचित्र ‘रोल नं. १’ आगामी वर्षको जेठ १५ गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले आगामी २०८३ सालको गणतन्त्र दिवसलाई प्रदर्शनका लागि रोजेको छ।

चलचित्रका मुख्य बाल कलाकारहरू अध्ययनरत विद्यालय ‘पाथिक ज्ञान निकेतन’ मै पुगेर निर्माण युनिटले विद्यालयको शैक्षिक वातावरणकै बीच रिलिज मिति घोषणा गरेको हो। निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका हलहरूसँगै एकसाथ अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गरिने तयारी छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रको कथावस्तु विशेष गरी बालबालिकाको सोच्ने शैली र उनीहरूको संसारमा आधारित छ। महेश दवाडीको पटकथा रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी जस्ता सशक्त कलाकारहरूको अभिनय रहेको छ। साथै निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ लगायतका बाल कलाकारहरूले यसमा मुख्य भूमिका निर्वाह गरेका छन्। विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu