‘पूर्णबहादुरको सारङ्गी’ पछि पुनः विजय र अञ्जनाको जोडी, ‘सिन्दुरे जात्रा’मा अनुबन्ध 



काठमाडौं – नेपाली चलचित्र इतिहासमा व्यापारको अभूतपूर्व कीर्तिमान रच्न सफल निर्देशक सरोज पौडेलले आफ्नो आगामी चलचित्र ‘सिन्दुरे जात्रा’मा अघिल्लो ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा मुख्य भूमिका निर्वाह गरेका विजय बराल र अञ्जना बराइलीलाई अनुबन्ध गरेका छन्। यो जोडीलाई ‘सिन्दुरे जात्रा’मा पनि मुख्य पात्रका रूपमा देख्न पाइने बताइएको छ।

निर्देशक सरोज पौडेलले कलाकार अनुबन्धका विषयमा स्पष्ट पार्दै यो केवल अघिल्लो सफलताको निरन्तरता मात्र नभई कथाको माग भएको बताएका छन्। बजारमा चलेका अनुहारभन्दा पनि कथाका पात्रलाई जीवित तुल्याउन सक्ने क्षमताका आधारमा विजय र अञ्जनालाई रोजिएको उनको तर्क छ। उनले आगामी केही समयभित्रै अन्य कलाकारहरूको टुङ्गो लगाएर छायाङ्कनको पूर्व तयारीलाई अघि बढाउने योजना बनाएका छन्।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको यस चलचित्रको मूल कथा स्वयं निर्देशक पौडेलले तयार पारेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu