
काठमाडौं – निर्देशक कृषा चौलागाईँको आगामी चलचित्र ‘पारस’मा मुख्य भूमिकाका लागि निर्माण पक्षले अभिनेत्री जसिता गुरुङले अभिनय गर्ने भएकी छन्। शनिवार निर्माण पक्ष र जसिताबीच औपचारिक रूपमा कागजी सम्झौता भएसँगै यो सहकार्य पक्का भएको हो।
पछिल्लो समय एक्सन स्टार निखिल उप्रेती यो प्रोजेक्टमा जोडिएको खबरले सामाजिक सञ्जाल तातिरहेका बेला जसिताको अनुबन्धले दर्शकमा थप उत्साह थपेको छ। यद्यपि, निर्माण टिमले जसिताको विपरीत भूमिकामा निखिल नै हुने कुरालाई हालसम्म आधिकारिक रूपमा पुष्टि भने गरिसकेको छैन। निर्देशक र निर्माण पक्षले अन्य कलाकारहरूको नामावली गोप्य राखेका कारण पनि ‘पारस’लाई लिएर सिने वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। यदि निखिल र जसिताको जोडी पर्दामा देखिने हो भने, यसले दर्शकका लागि बिलकुलै नयाँ र फरक स्वाद पस्कने निश्चित छ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको लेखन भारतीय पटकथाकार सचिन लादियाले गरेका हुन्।






