सर्वनाममा जीवित देवी कुमारीको कथामा रहेको नाटक ‘अग्निचक्षु’ मञ्चन



काठमाडौं – जीवित देवी कुमारीको जीवन, सामाजिक संरचना, नारी शक्ति र ऐतिहासिक सन्दर्भलाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि माघ २५ गतेसम्मको नियमित मञ्चन भइरहेको छ। नाटक हरेक दिन साँझ ५:१५ बजे तथा शनिवार १:१५ बजे समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

चन्द्रप्रसाद पाण्डेयद्वारा लिखित नाटक ‘अग्निचक्षु’को निर्देशन कृष्णभक्त महर्जनले गरेका हुन्। नाटकले कुमारी प्रथाको ऐतिहासिक पृष्ठभूमि, सामाजिक मूल्य, व्यक्तिगत चाहना र राष्ट्रिय दायित्वबिचको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गर्छ। जीवित देवीका रूपमा सम्मानित बालिकाको सामान्य जीवनमा फर्कँदाको सङ्घर्ष, नारी चेतना र सामाजिक रूपान्तरणका सवालहरू नाटकको मुख्य कथ्य बनेका छन् ।

नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सलोना बज्राचार्य, सुशील राजोपाध्याय, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर, मनिस मानव र बाल कलाकार दिव्यता चौधरीको अभिनय रहेको छ। कलाकारहरूको सामूहिक प्रस्तुति, जीवन्त संवाद र सशक्त मञ्च संरचनाले नाटकलाई प्रभावकारी बनाएको छ।

‘अग्निचक्षु’ केवल नाट्य प्रस्तुति मात्र नभई नेपाली कला–संस्कृति संरक्षण र सामाजिक बहसको सशक्त माध्यम बनेको नाटककार चन्द्रप्रसाद पाण्डेय बताउँछन्। कुमारी प्रथालाई धार्मिक आस्था मात्र नभई सामाजिक-ऐतिहासिक दृष्टिकोणबाट बुझ्न प्रेरित गर्ने उद्देश्यले नाटक लेखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu