प्रेम र रोमान्सको रङमा ‘श्री बुकुरो’: आशीर्वाद र निकिताको जोडीले तान्यो ध्यान



काठमाडौं – निर्देशक सुदीप भूपाल सिंहको निर्देशनमा तयार भएको चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’को ट्रेलर सार्वजनिक हुनु पूर्व निर्माण पक्षले सिनेमाको आकर्षक र प्रेमिल पोस्टर बाहिर ल्याएको छ। फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस चलचित्रको पछिल्लो पोस्टरमा मुख्य कलाकार आशीर्वाद बी क्षेत्री र निकिता आचार्यलाई निकै गहिरो र रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा देखिएको यी दुईको केमेस्ट्रीले चलचित्रभित्र एउटा सशक्त प्रेमकथा लुकेको सङ्केत गर्दछ। करिब सात वर्षअघि चर्चामा रहेका चलचित्र ‘माला’ र ‘रुद्रप्रिया’ मार्फत आफ्नो बेग्लै पहिचान बनाएका निर्देशक सिंहले यसै सिनेमाबाट नेपाली रजतपटमा पुनरागमन गरेका हुन्। पारिवारिक पृष्ठभूमि र मानवीय संवेदनालाई समेटिएको भनिएको यो सिनेमाको कथा र पटकथा स्वयं निर्देशक सिंहले नै तयार पारेका हुन्।

यस चलचित्रमा आशीर्वाद र निकिताका साथै अनुभवी कलाकारहरू लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला लगायतको प्रभावशाली अभिनय रहनेछ। रुबी सेन सिंहले निर्माण गरेको यस चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ भने कालजयी सङ्गीतकार रनजीत गजमेर र वसन्त सापकोटाको सुमधुर सङ्गीत सुन्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu