बबिता मानन्धरको स्वरमा ‘कलियुगकी राधा’ सार्वजनिक, अभिषेक र आश्माको नृत्य



काठमाडौं – एक विशेष समारोहका बीच वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देवीका बन्दनाले संयुक्त रूपमा गायिका बबिता मानन्धरको नयाँ लोक आधुनिक गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरेका छन्। शङ्कर थापा ‘स्माइल’ को सङ्गीत र डिपी खनालको शब्द रहेको यस गीतमा आधुनिक समाजको प्रेम, नारी भावना र मानवीय सम्बन्धका यथार्थलाई डान्सिङ्ग बिटमा उतारिएको छ। राजीव समरको निर्देशनमा तयार भएको भिडियोमा चर्चित मोडल आश्मा विश्वकर्मा र अभिषेक श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ।

विगत साढे दुई दशकदेखि नेपाली सङ्गीतमा निरन्तर सक्रिय गायिका मानन्धरले यस गीतमा आफ्नो गायकीलाई थप निखारेकी छन्। वि.सं. २०५७ मा फिल्म ‘चलचित्र’ बाट पार्श्व गायन यात्रा सुरु गरेकी उनले हालसम्म दुई दर्जनभन्दा बढी चलचित्र र दर्जनौँ अन्य गीतमा स्वर दिइसकेकी छन्। नेपाली मात्र नभई नेवारी, हिन्दी र बङ्गाली भाषामा समेत उत्तिकै दक्खल राख्ने उनी एक सफल गीतकार र सङ्गीतकार पनि हुन्। कार्यक्रममा उपस्थित दिग्गज गायिकाहरूले बबिताको स्वरको विविधता र गुणस्तरको खुलेर प्रशंसा गर्दै यो गीतले दर्शक र श्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu