वरिष्ठ कलाकार सुनिल थापाको निधन



काठमाडौं – ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएका थापाको उपचारकै क्रममा निधन भएको निकट श्रोतले पुष्टी गरेको छ।
लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगतलाई स्तब्ध बनाएको छ। उनलाई नेपाली चलचित्रको एउटा बलियो ‘धरोहर’ का रूपमा मानिन्थ्यो।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए।
परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्ने भएता पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu