‘आ बाट आमा’ले विश्वव्यापी कति कमायो ?



काठमाडौं – चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। गत माघ १६ गतेदेखि प्रदर्शन आरम्भ गरेको यस चलचित्रले छोटो समयमै व्यावसायिक सफलताको नयाँ उचाइ चुम्दै ९ करोडको ‘मार्क’ नजिक पुगेको हो। प्राप्त पछिल्लो तथ्यांकअनुसार चलचित्रले हालसम्म ८ करोड ७२ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। यो व्यापार नेपाल र ओभरसिजको संयुक्त हो।

आमा-बुबा र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा वैदेशिक रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यतालाई जीवन्त रूपमा उतारिएकाले दर्शकले यसलाई आफ्नै कथाका रूपमा ग्रहण गरेका छन्। 

आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा लामो समयपछि रजतपटमा देखिएकी अभिनेत्री विपना थापा र अभिनेता पल शाहसँगै बलिउडका ‘गजनी’ भनेर चिनिने कलाकार प्रदीप रावत, स्टोरी टेलर साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्देशक पन्तकै कथा र पटकथामा तयार भएको चलचित्रमा अभिमन्यू निरवी, अमर न्यौपाने र चन्द्र पन्तको संयुक्त संवाद लेखन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu