
काठमाडौं – महाशिवरात्रिको पावन अवसर पारेर चलचित्र ‘हामी तीन भाइ’को कथासार झल्काउने ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ बोलको लिरिकल भिडियो दर्शकमाझ ल्याएको छ । आगामी चैत १३ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रले गीत मार्फत कथाको गहिराइ र भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ ।
बाबुल गिरीको एकल सङ्गीत तथा स्वर रहेको उक्त गीतले मानिसको जीवनमा आइपर्ने अथाह वेदना र सङ्घर्षको कथा बोल्छ । गीतका शब्दहरू यति शक्तिशाली छन् कि, पात्रले भोगेको दुःख स्वयं भगवानले भोग्नु परेको भए उहाँका आँखा पनि रसाउने थिए भन्ने भाव व्यक्त गरिएको छ । यसले चलचित्रभित्र लुकेको कारुणिक कथा र पारिवारिक संवेदनालाई साङ्केतिक रूपमा प्रस्तुत गरेको छ । गीतको भाव हेर्दा यो चलचित्र कमेडी वा एक्सन मात्र नभई सामाजिक र पारिवारिक कथा व्यथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ ।
मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । साथै, वरिष्ठ कलाकार राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), यादव देवकोटा (सरापे), विकास चापागाईँ, सुष्मा निरौला, फलित राई लगायतको पनि अभिनय रहेको छ। शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको चलचित्रमा शिव ढकालको छायाङ्कन र बनिश शाहको सम्पादन रहेको छ ।
गीत:



