‘आ बाट आमा’ चम्किरहँदा अन्य कुन फिल्मले कति कमाए त ?



काठमाडौं – नेपाली चलचित्र बजारको पछिल्लो साताको व्यापारिक विवरण सार्वजनिक भएको छ, जसले फागुन ९ गते शनिवारसम्मको बक्स अफिसको उतारचढावपूर्ण अवस्थालाई चित्रण गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘कुमारी’ ले व्यावसायिक रूपमा माघ २३ र त्यस यता रिलिज भएका अन्य चलचित्रको तुलनामा अग्रता हासिल गर्न सफल भएको छ। यो चलचित्रले देशव्यापी प्रदर्शनका क्रममा हालसम्म १९ हजार ३७९ वटा टिकट बिक्री गर्दै कुल ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

यसै गरी, सुदिप्ता अधिकारीले निर्देशन गरेको चलचित्र ‘रमिताको पिरती’ ले पनि बक्स अफिसमा आफ्नो उपस्थिति जनाएको छ। यस चलचित्रले ७ हजार ८०३ जना दर्शकलाई हलसम्म तान्न सफल हुँदै २५ लाख ५५ हजार ८३ रुपैयाँको व्यापार गरेको छ। यो व्यापार सुखद भने होइन। यो साता केही चलचित्रहरूले प्रदर्शनको बीचमै हलबाट बिदा लिनुपरेको निराशाजनक अवस्था पनि देखिएको छ। कमजोर व्यापारका कारण प्रदर्शन स्थगित गर्नुपरेका चलचित्रहरूमा ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ रहेका छन्।

पर्दाबाट बाहिरिनुअघि चलचित्र ‘बिगुल’ ले २ हजार ६०९ टिकट बिक्री मार्फत ८ लाख ९७ हजार ४१० रुपैयाँ सङ्कलन गरेको थियो। त्यस्तै, निकै न्यून दर्शक पाएका ‘श्री बुकुरो’ ले ८०५ जना दर्शकबाट २ लाख ७२ हजार ९३० रुपैयाँ र ‘शिवांश’ ले ७८७ जना दर्शकबाट २ लाख ६१ हजार ७५० रुपैयाँ मात्र जोहो गर्न सकेका छन्।

तीन हप्ता अगाडि रिलिज भएको चलचित्र ‘आ बाट आमा’ले भने ११ करोड २४ लाख माथिको व्यापार गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu